
Pes
Gfs
Srbpu
Ggp
sbs
pku
Rgp1
Djs
Lnp
Sgr
Pbu
Rgp
cjs
Unsku

Hal
Ssm
Rgu
Rgu
Sls
Asm
Bbu
Rsb
Tsm
nsb
Wsp
Bbbpu
Ggd
Rgs
Vor
Sbs
Ksm
Pvg
Gst

Pls
sab
Abd
Rmb
Syp
Rpp
bbt
Ptm
Gsb
Jmb
Jmb
Mks
Bml
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको मंगलबार उद्घाटन गरेका छन् ।
२४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पुर्याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ ।
त्यस्तै अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्य उपचारकोलागि अनेत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।‘यहाँ अस्पताल बन्दैछ । यो बन्यो भने उपचारकोलागि टाढा जानुपर्दैन’उनले भने,‘उपचार सेवालाई प्रभावकारी बनाउदै सबैको पहुँचमा पुर्याउन सरकारले ध्यान दिएको छ ।’
यस्तै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गरिएको बताए । स्वास्थ्य चौकीबाट अहिले प्रसुती सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गर्दै आइरहेको छ ।
