
Lnp
Srbpu
pku
Rgp1
Ggp
Pbu
Unsku
Sgr
Rgp

Rgu
Rgu
Bbu
Vor
Ssm
Sbs
Gst
Wsp
Tsm
Pvg
Rsb
Ggd
Ksm
Hal
Rgs
Bbbpu
nsb
Asm
Sls

Pls
Syp
Gsb
Jmb
Rmb
Abd
sab
Mks
Jmb
Ptm
bbt
Bml
Rpp
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने आधारभूत विद्युतीय तालिमको आइतबार उद्घाटन भएको छ ।
विद्यालयका प्रिन्सिपल भूमाण्डव केसीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानहरू पनि दिँदै आएको बताएका छन् । उनले विद्यार्थीको सर्वाङ्गी विकासका लागि विद्यालयले किताबी विज्ञानसँगै व्यावहारिक ज्ञान विभिन्न कला शिपहरू प्रदान गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विद्यार्थीको मनोभावनालाई बुझेर उनीहरूको चाहना अनुरूप सैद्धान्तिक तथा व्यावहारिक ज्ञानहरू प्रदान गर्न जरुरी रहेको बताए । उनले कुनै पनि विद्यार्थीले आफ्नो चाहना अनुरुप कार्य गर्न चाहेमा त्यो चाहनालाई विद्यालयले पूरा गरिदिने समेत बताएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई उनले भने, तपाईहरु पढाइसँगै अन्य विभिन्न कला तथा सीपहरूमा रुचि राख्नुहुन्छ भने त्यो रुचिलाई विद्यालयले पूरा गरिदिने छ तपाईँहरू ढुक्क भएर आफ्नो पढाइसँगै रुचिका साथ अघि बढ्नुहोस् केसीले भने ।
त्यस्तै उनले विपिन खनालको मखमली कविता संग्रहलाई प्रकाशनका लागि विद्यालयले हौसला स्वरूप सहयोग गरेको बताएका छन् । विपिनले धेरै कविताहरू लेखेर राखेको तर उक्त कवितालाई बाहिर प्रकाशनका गर्न नसकेको अवस्थामा आफूले उक्त कवितालाई छापेर प्रकाशन गर्न हौसला समेत प्रदान गरेको बताए । विपिनले हाम्रो विद्यालयमा अध्ययन नगरेता पनि हामीले विपिनको प्रतिभालाई देखेर उक्त प्रतिभालाई बाहिर प्रकाशनका गर्नको लागि यसरी सहयोग गरेका छौं भने तपाईहरु लाग्नुहोस् । तपाईँहरू झन् हाम्रै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हुनुहुन्छ । हामी तपाईंहरुको हरेक चाहनालाई पूरा गर्न तत्पर रहने छौँ ।
विद्यालयका परीक्षा संयोजक रामअवतार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा विद्यालयले मखमली कविता सङ्ग्राह प्रकाशन गर्ने विपिन खनाललाई सम्मान गरेको थियो। त्यस्तै विपिनको १०० थान १५,००० हजारको मखमली कविता सङ्ग्राह खरिद गरेर सहयोग गरेको छ ।
त्यस्तै विद्यालयका प्रिन्सिपल भूमण्डप केसीले विद्यार्थीहरूलाई विद्युतीय सम्बन्धी आधारभूत ज्ञानका लागि यो १० दिने तालिमको व्यवस्थापन गरिएको बताएका छन् । विद्युत सम्बन्धी जानकारी नहुँदा धेरै मानिसहरूले समस्या भोग्नु पर्ने परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयले आधारभूत विद्युतीय तालिम सञ्चालन गरि विद्यार्थीलाई तालिम प्रदान गर्न लागिएको विद्यालयका प्रिन्सिपल केसीले जानकारी दिए ।
देउखुरी क्षेत्रमा बेग्लै किसिमले शिक्षा प्रदान गर्ने योजनाका साथ देउखुरी पब्लिक स्कुल निरन्तर अघि बढिरहेको समेत बताएका छन् । उनले विद्यार्थीको रुचि र चाहना अनुसार नृत्य कला,तेक्वान्दो लगायत सम्बन्धी शिक्षा प्रदान गर्दै आइरहेको र अब थप विद्युतीय सम्बन्धी तालिमको महसुस गरेर विद्यालयद्वारा प्रदान गर्न लागिएको प्रिन्सिपल केसीले बताए ।
त्यस्तै प्रिन्सिपल केसीले अहिलेको अवस्थामा बालबालिकाको रुचि र चाहनालाई मध्यनजर गर्दै सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान प्रदान गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिले कक्षा ६ र सात कक्षामा पढ्ने विद्यार्थीहरुलाई यो तालिम प्रदान गर्न लागिएको बढाएका छन् । त्यस्तै उनले बाल्य अवस्थामा पनि विपिनले गर्न लागेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यसैगरी निरन्तर लाग्न सुझाव दिँदै विद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताएका छन् ।
विद्यालयद्वारा आयोजित १० दिने विद्युतीय आधारभूत तालिमको प्रशिक्षकमा सागर पोखरेल रहेको विद्यालयले जनाएको छ । उक्त विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा बन्दना बुढा मगरले गायत्री मन्त्रबाट स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन अंग्रेजी विषयका शिक्षक सन्दीप खनालले गरेका थिए ।
