Sidha Patra शुक्रबार, माघ ०४, २०८१

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा बिहिबार इलेक्ट्रो ग्याजेट वर्ल्डको उद्घाटन भएको छ ।

नयाँ ब्यबस्थापनका साथ सञ्चालनमा ल्याइएको उक्त इलेक्ट्रो ग्याजेट वर्ल्डको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले उद्घाटन गरेका हुन् । बिगत लामो समयदेखि देउखुरीको लमहीमा रहेर जलजला टेक्निकलकाे नामबाट देउखुरीमै प्रसिद्ध नामबाट संचालनमा रहेको टेक्निकललाइ इलेक्ट्रो ग्याजेट वर्ल्डमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै उक्त इलेक्ट्रो ग्याजेट वर्ल्डले तत्काल एसी, फ्रिज, वासिङ मेसिन,मिक्चर,राईस कुकर लगायतका समानहरु बिक्रीमा ल्याएको छ भने होम सर्भिसको समेत सुबिधा रहेको जनाइएको छ । दुई युवा व्यवसायीहरु भर्ज घर्ती मगर र कुलराज पाण्डेले संयुक्त रूपमा नयाँ ब्यबस्थापनका साथ ‘इलेक्ट्रो ग्याजेट वर्ल्ड’ सञ्चालनमा ल्याएका हुन् ।

उद्घाटन कार्यक्रममा नेपाल मगर संघ लमही नगरका अध्यक्ष जगत पुन मगर, पत्रकार, प्रहरी,उद्योगी व्यवसायी कर्मी लगायत शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]