
Ggp
Sgp
Rgp
Ggp
Asb
ksb
Pbu
Jns
Lks
Rgp
lnp
Dus
Usb
Rgp
Dbs
Rgp
Lnp


दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण एवम् प्रमाणपत्र प्राप्त गरेका छन् ।
निर्वाचन नन्दलालका संयोजक मनिराम केसीद्वारा विधानको परिच्छ ७ को दफा २८ को उफ दाफ ७४ बाट लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राङ्गणमा बिहिवार निर्बाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । गत पुस २७ गते सम्पन्न लमही खानेपानीको निर्बाचनबाट सञ्चालन समिति अध्यक्षमा सनम कुमार पौडेल, उपाध्क्षमा शिवा चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा श्यामलाल भण्डारी,सदस्यहरुमा कौशिला काफ्ले, बविता खत्री,गोपाल प्रसाद खनाल,कमल नारायण चौधरी र दिनमणी खनाल निर्बाचित भएका थिए ।
कार्यक्रममा निर्वाचन संयोजक मनिराम केसी, सदस्य भानु जोशी, भेषराज पोख्रेल, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषाललाई खानेपानीको निर्वाचन गराउँन महत्वपूर्ण भूमिका निर्वाह गरे वापतमा प्रशंसापत्रका साथका सम्मान गरिएको थियो । कार्यक्रममा नयाँ निर्वाचित कार्यसमितिलाई माइनट तथा खातापाता हस्तान्तरण गरिएको थियो भने निर्वतमान अध्यक्ष जंगबहादुर चौधरीले पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष सनम कुमार पौडेलले पारदर्शिता तथा जवाफदेहिताको पालना गरेर खानेपानीलाई व्यवस्थित गरिने बताए । उनले विधि र कानुन बमोजिम जानेछौ भन्दै जनताको स्वच्छ खानेपानी पिउन पाउँने अधिकारलाई जोगाउँने उल्लेख गरे । नवनिर्वाचित अध्यक्ष पौडेलले सपथ ग्रहण लिदै सर्व सुलभ र स्वछ खाने पानी वितरण, सस्थाको सुसान, आर्थिक पार्दशितालाई विशेष ख्याल गर्दै सबैसगँ सहकार्य गरी सहि ढंगले अगाडि बढाएर आफनो कार्याकालमा नमूना संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले अवका दिनमा यस क्षेत्रमा खानेपानी वितरण र सस्थानलाइ उदाहरणि बनाउन विधि र पद्दतिलाई टेकेर काम गर्ने बताउदैँ, विगतका दिनमा भएका कमि कम्जोरीलाई सुधार गर्दै स्वछ पानी वितण गर्नमा लाग्ने बताए । सपथ ग्रहणसँगै नयाँ कार्यसमितिले सुरक्षित पानी वितरणका लागि प्रतिवद्ध रहेको बताएका छन् । पद हस्तान्तरण गर्दै निर्वतमान अध्यक्ष जंगबहादुर चौधरीले लमही खानेपानी पानीको स्रोतमा बलियो रहेको बताए । गुणस्तर पानी वितरणमा संस्थाले काम गरेको बताउदैँ नयाँ कार्यसमितिलाई वर्तमानको चिन्ता नलिई भविष्यको योजना बनाउन सुझाव दिए ।
कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक मनिराम केसीले खानेपानीको क्षेत्रमा दीर्घकालिन योजना बनाएर सबैलाई समेटेर अघि बढ्न सुझाव दिए । संस्थाको नेतृत्व गरि रहदा राम्रो तथा नराम्रो दुवै काम भएको उल्लेख गर्दै नयाँ टिमले केही राम्रो काम गरेर अगाडि बढ्दै खानेपानी संस्थालाई मजवुत बनाउँन जरूरी रहेको बताइएको छ । कार्यक्रममा खानेपानीलाई नमूना संस्था बनाउन, दीर्घकालिन योजना बनाएर अगाडी बढ्न, खर्च कटौती गर्न, नीति, विधि र प्रविधि अनुसार अगाडी बढ्न, सुशासन कायम राख्न सुझाव दिइएको छ । निर्वाचन समिति सदस्य भेषराज पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण निर्वाचन समितिका सदस्य भानु जोशीले गरेका थिए ।
