
Lnp
Rgp
pku
Rgp1
Pbu
Sgr
Unsku
Srbpu
Ggp

Pvg
Bbbpu
Ssm
Ggd
Wsp
Ksm
Bbu
Rgu
Rgu
Sbs
Gst
Asm
Rgs
Tsm
Sls
nsb
Rsb
Hal
Vor

Rpp
bbt
Bml
Pls
Jmb
Abd
Ptm
Mks
Syp
Gsb
sab
Rmb
Jmb
दाङ । गढवा गाउँपालिकाको सहयोग तथा समन्वयमा गढवा पतञ्जली योग समितिको आयोजनामा मंगलवार गढवामा विविध कार्यक्रमका साथ दशौं राष्ट्रिय योग दिवस मनाइएको छ ।
स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तीकालागि योग भन्ने यसबर्षको नाराका साथ गढवा उद्योग बाणिज्य संघको भवनबाट सुरु भएको पञ्चैबाजा सहितको मार्चपासले गढवा बजार परिक्रमा गरि गढवा गाउँपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको हो ।
गढवा पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष आलेले शारिरीक ब्यायाम, योग, ध्यान र आसनले मानव स्वास्थ्यमा सकारात्मक उर्जा प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने बताए । गढवामा सञ्चालन भै रहेको नियमित योगलाई थप प्रभावकारीता दिन वडा र गाउँपालिका सकारात्मक रहेको उनले बताए।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादव र शिक्षक राधा गौतम लगायतले योग दिवसको महत्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा ९ महिनासम्मको योग साधनामा उत्कृष्ट उपस्थिति जनाउने तारा बिसी र निमा पाण्डेलाई सम्मान गरिएको थियो भने प्रतिस्पर्धात्मक योग अभ्यासहरुको पनि प्रदर्शन गरिएको थियो । बृक्षासनमा प्रतिमा आचार्य चौधरी र नटराजासनमा सुलाचन चौधरी तथा रिमबहादुर नेपाली उत्कृष्ट भै पुरस्कार जितेका थिए । संस्थाका उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन सचिव शिबराज पन्थीले गरेका थिए ।

