Sidha Patra आइतबार, पुष २८, २०८१

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।

लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएका हुन् ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस । दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ’उनले भने,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन । तर, निरन्तर लागेपछी अवस्य सुखद परिणाम प्राप्त हुन्छ ।’ युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गरे ।

‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’उनले भने,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन युवाहरुमा आग्रह गरे ।‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस, श्रेष्ठता हाँसिल गर्नुस’उनले भने,‘गरे के हुदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गरे । ‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनानै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्रि मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’उनले भने,‘विश्व जगतलाईनै आकर्षीत गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षीत गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यन्त्री आचार्यको छ । मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशिल जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पारेका थिए ।

शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासंग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्को स्मरण गरेका थिए । ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोगसंग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उनले भने ,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसंग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’ त्यागको भावना बोकेर आफु अघि बढेको समेत बताए । ‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढीरहेको छु । सुशासन कायम गर्न आफैबाट सुरु गर्नुपर्छ भनेर पूर्व बिशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’उनले भने ,‘सुधारका कामहरु गर्दै जाने हो । समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ ।’ हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशिलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]