
Pbu
Gsbg-3
ksbl-7
Msbg-2
Gsbr-6
Jsbr-3
Rksr-7
Jsbg-7
Usbl-7
Csbg-7


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ५६ जना जेष्ठ नागरिक,एकल महिला तथा विपन्न परिवारलाई बुधबार कम्बल वितरण गरेको छ ।
चिसो मौसमलाई मध्यनजर गर्दै वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिला र विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार चिसो मौसमबाट वडाका गरिब,दुखी नागरिकलाई सहयोग पुर्याउने प्रमुख उदेश्यले सो कार्य गरिएको बताए । यस्तै विपन्न वर्गको जीवनस्तर सुधार्न र उनीहरूको समस्यामा केही हदसम्म सहयोग पुर्याउन सकिने उद्देश्यले कम्बल वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।
त्यस्तै उक्त कम्बल वितरण कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, गाउँपालिकाकि उपाध्यक्ष धनपति देवी यादव, राजपुर गाउँपालिका महिला तथा बालबालिका विकास शाखाकी सुनिता चौधरी, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थितिमा चालु आर्थिक वर्ष २०८१/०८२ मा छुटाइएको १ लाख ६० हजार बराबरको कम्बल राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
