
Msbus
Ksbus
Lnp
Ggp
Sdc
Rgp
Ggp
Asbus
Ksbus


दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताल, छन्द( कालेबाबु) नारायणी आँखा अस्पताल,लमही आँखा अस्पताल)को सामाजिक परिक्षण कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका सभापति कृष्ण गिरिको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि एवं लमही नगरपालिकाकि उप-प्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमही आँखा अस्पतालको स्तर वृद्धिका लागि पालिकाबाट वजेट विनियोजन गर्ने प्रतिबद्धता व्यत गरेका छन् । हामीले नगरे कसले गर्छ ? हाम्रै कार्यकाल हुँदै गर्दा यो अस्पतालको सेवा प्रबाहलाई फराकिलो गराउन मद्दत गर्छौं-‘ नगर प्रमुख चौधरीले भने ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आँखा अस्पताल सबैको साझा संस्था हो,देउखुरी क्षेत्रलाई प्रतिनिधित्व गर्ने अस्पताल भएकोले यो अस्पतालको सेवालाई अझै फराकिलो गराउनका लागि देउखुरीका चारवटै पालिका गम्भीर हुनु पर्ने बताए ।
त्यसैगरी गढवा गाउँपालिकाकि उपाध्यक्ष शारदा कुमारी चौधरीले लमही आँखा अस्पतालले गरिब असहायहरुको उपचारमा राम्रो सेवा प्रदान गरेको बताइन् । यो अस्पताललाई लमहीमा स्थापना गर्न आफ्नो पनि महत्वपूर्ण भूकिमा रहेको र आगामी दिनमा पनि सहयोग रहने बताएकी छिन् ।
नेपाल नेत्रज्योति संघ दाङ जिल्लाका सचिव घनश्याम सुवेदीले कार्यक्रमको विषय वस्तुका बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रममा आँखा अस्पतालले हालसम्म दिएका सेवाहरु,हाल प्रवाह गरेका सेवाहरु तथा भावि योजना र रणतिहरुको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराएका थिए ।
एन.ए.बी.पी.नर्वेको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुर दाङको आयोजना र रिपोर्टर्स क्लब नेपाल दाङ शाखाको सहकार्यमा भएको सामाजिक परिक्षण कार्यक्रममा वार्षिक आयव्यय प्रस्तुत अस्पतालका लेखा अधिकृत कृष्ण कुमार भट्टराईले गरेका थिए ।
कार्यक्रममा नागरिक समाज दाङका अध्यक्ष नीम बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने उक्त कार्यक्रमको संचालन अस्पतालका सूचना अधिकारी बालाराम खड्का र रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले संयुक्त रुपमा गरेका थिए ।

