
Ses
Rgp1
Djs
Srbpu
Rgp
Lnp
pku
Unsku
Sgr
Gfs
Ggp
cjs
Pbu
Pes

Hal
Ksm
Vor
Gst
Bbbpu
Sls
nsb
Ssm
Pvg
Rgu
Rsb
Sbs
Wsp
Ggd
Asm
Bbu
Tsm
Rgs
Rgu

Jmb
bbt
Mks
Syp
Abd
Jmb
Rpp
Rmb
Pls
Ptm
sab
Bml
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको कार्यपालिका सदस्यहरुद्वारा विभिन्न माग सहितको ज्ञापन पत्र बुधबार गाउँपालिकालाई हस्तान्तरण भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा लगायत २१ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्र राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,प्रशासन शाखाका सहायक प्रमुख पृथ्वीनारायण पौडेललाई संयुक्तरुपमा उक्त ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
सो गाउँपालिकालाई बुझाईएको ज्ञापनपत्रमा राजपुर गाउँपालिकाको ५ महिनादेखि बैठक नबसि गाउँपालिका कार्यपालिकामा हुने कामकाज हरुलाई अनिर्णयको बन्धक बनाई गाउँपालिकाबाट हुने धेरै कामहरु अस्तव्यस्त रहेकोले तत्कालै समस्याहरु हल गर्नको लागि लिखित रुपमा रहेका समस्याहरु जस्तै नाका क्षेत्रमा अहिले सम्म गाउँपालिका कार्यालयको जेसिबी हुँदाहुँदै बाटो सफा नगर्दा त्यहाँका जनतालाई दुख दिने काम गरेकोले तत्काल बाटो सुचारु गर्न गराउन माग गर्दछौं । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ को योजनाहरुको उपभोक्ता समितिहरुले काम गरि सकेको भुक्तानीको लागि फाइल गाउँपालिकाको कार्यालयमा बुझाउदा पनि हालसम्म भुक्तानी नदिई रोकेकोले तत्काल भुक्तानी माग गर्दछौं ।
त्यस्तै साधारण नमूना माध्यमिक विद्यालयको मिति २०७७/०७/ ०३ गते सोमबारको दिन दुई तिहाई भन्दा बढी अभिभावकहरु,प्रतिनिधि सभा सदस्य श्री मा मेटमणी चौधरी,प्रदेश सभा सदस्य रेवतीरमण शर्मा ज्युको प्रमुख अतिथि र विशिष्ट अतिथिमा भएको भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भई सकेको र राजपुर गाउँपालिकाद्वारा कार्यान्वयन नगरि विद्यालय व्यवस्थापनमा अस्तव्यस्त बनाइ एक मात्र प्राविधिक धार संचालन भएको विद्यालयमा खेलवाड गरि गैर जिम्मेवार गरेकोले तत्कालै वि व्य सलाई कार्यान्वयन गर्न गराउन माग गर्दछौं ।
यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ३ को खरदरिया घाटबाट आइ ई ई गरि गाउँपालिका कार्यालयले केसी निर्माण सेवालाई उत्खननको लागि २०७०० घनमिटरको ठेक्का दिएको र उक्त निर्माण सेवाले सम्झौता बिपरित ५८००० घनमिटर उत्खनन गरेकोले अवैध रुपमा संकलन रहेको ३७३०० घनमिटरको यथासिघ्र जरिवाना सहित राजस्व गाउँपालिका कार्यालयमा बुझाउन माग गर्द छौं ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित खेलमैदान र औद्योगिक क्षेत्रमा रहेकोे सार्वजनिक जग्गालाई जिसिवी लगाई ५ नम्बर वडा अध्यक्षद्वारा जग्गा प्लटिङ्ग गरि घर घडेरी बिक्री वितरण गर्ने उदेश्य देखिएको हुँदा उक्त कार्य तत्काल रोक्का गर्न माग गर्द छौं ।
यसैगरी राजपुर गाउँपालिका कार्यालयले स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाइ नगरेकोले पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ गर्न माग गर्द छौं । हालसम्म राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेकोले तत्काल दुवै पक्ष बसि विवाद समाधान गर्न माग गर्द छाैं । माथी उल्लेखित विषयहरुमा ५ दिन भित्र हाम्रा मागहरु पूरा नभए मिति २०७७/१०/१९ गते गाउँपालिका कार्यालयमा ताला बन्दी लगायतका संघर्षका कार्यक्रम अगाडि बढाउने जानकारी गराउदछाैं,ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
त्यस्तै साे ज्ञापन पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले राजपुर गाउँपालिकाको कार्यपालिका बैठक ३ पटक भन्दा बढी बसिसकेको र त्यसमा उहाँ कार्यपालिका सदस्यहरु पनि उपस्थिति हुनुहुन्छ । कार्यपालिकामा उहाँहरुकै बहुमत छ तर बारम्बार बैठकमा असहमति उहाँहरुले नई जनाउनु हुन्छ । भुुुक्तानीको बिषयमा वडाले नई रोकेेकोले उक्त समस्यालाई समाधान गर्न बैठक बस्नु पर्ने बताउनुु भयो ।
त्यस्तै गिट्टी,बालुवा उत्खननको विषयमा सो उत्खनन कार्य रोक्नको लागि गाउँपालिकाबाट पत्राचार भई सकेकोले अन्य समस्याहरुको लागि गाउँपालिका अध्यक्ष नेपाल गन्जमा तालिम भएकोले उहाँ तालिमको लागि जानू भएको हुँदा म उहाँलाई भनेर तत्काल कार्यपालिकाकाे बैठक बाेलाउन आग्रह गर्छु,यदि गाउँपालिका अध्यक्षले समय दिन नसकेकाे खण्डमा कार्यबाहक मागेरै भएपनि आफ्नो अध्यक्षतामा बैठक डाकेर व्यापक छलफलमा जुटाउने सदस्यहरुलाई प्रतिबद्धता जनाउनु भएको छ ।
