सागर थापा/बिदुर एमसी आइतबार, पुष ०७, २०८१

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ ।

घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । रिक्सा नहुनेले पिठ्युँमा बोकेरै पिउने पानीको जोहो गरेको उनीहरू बताउँछन् ।

बुद्धभूमि जिल्लाको रूपमा चिनिने कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १, बनकसबासा अहिलेसम्म पनि पिउने पानीको आपूर्तिमा सहज देखिंदैन । जब कि देशमा अधिकांश स्थानमा घर घरमा पानीको व्यवस्था भएको पाइन्छ । सडक छेउमा रहेको यहीँ पानीको ढुवानीका कारण कुनै दिन यहाँ सडक दुर्घटना हुने त्रासले स्थानीयहरु चिन्तित छन् ।

त्यस्तै पानीको सहज आपूर्तिका लागि उनीहरूले स्थानीय शिवराज नगरपालिकाका मेयर र वडाध्यक्षसँग हारगुहार समेत गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]