
ksbl-7
Msbg-2
Pbu
Gsbg-3
Usbl-7
Gsbr-6
Jsbr-3
Rksr-7
Csbg-7
Jsbg-7


दाङ । सिसा नेपालले बालबालीकाहरुलाई सहयोगको अभियान थालनी गरेको छ ।
घोराही १८ रहेना स्थित सिप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था ९ सिसा नेपाल नामक संस्थाले शैक्षिक क्षेत्रमा रहेका निम्न बर्गका बालबालीकाहरुलाई तालिम तथा सहयोगको अभियान सुरु गरेको हो ।
सिसा नेपालकि केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिको संयोजकत्वमा उक्त अभियान सुरु भएको हो । सिसा नेपालको अभियान ,शैक्षिक क्षेत्रमा बालबालीकालाई सम्मान भन्ने मुल नारा सहित सुरु भएको यो अभियानले पहिलो चरणमा घोराही उपमहानगरपालीका भित्रका सामुदायिक विद्यालयहरुमा अनुगमन गरी प्रशिक्षण सम्पन्न गर्ने र ति मध्येबाट १० वटा विद्यालय छनोट गरी ति १० वटा विद्यालयहरुमा अध्ययणरत विद्यार्थीहरु मध्येबाट अति बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक,नैतिक,भौतिक तथा बिभिन्न शैक्षिक सामग्रिहरु सहयोग गरीने अभियान कि संयोजक सिद्धिकिले जानकारी दिइन् ।
अभियानको आर्थिक सहयोगको सुरुवाति चरणमा घोराही १३ कलमघारीमा रहेको बालकल्यान आधारभूत विद्यालयबाट सुरु भएको हो । उक्त विद्यालयमा आर्थिक रुपबाट विद्यालयमा रहेका ३० जना गरीव तथा विपन्न परीवारका विद्यार्थिहरुलाई ३० वटा स्विटर सहयोग गरीएको अभियानकि संयोजक साजिदा सिद्धिकिले जानकारी दिइन् ।
विद्यालयका व्यबस्थापन समितिका अध्यक्ष श्याम गिरीको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता एवं समाजसेवि तथा सिसा नेपालका सल्लाहाकार बेचन वलीको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो ।
विद्यालयको अनुगमनका क्रममा पुष,माघको जाडोमा पनि स्विटर समेत लगाउने अवस्था नभएको भेटिएपछि तत्काललाई स्विटर सहयोगको कार्यक्रम गरिएको थियो । प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले यो अभियानमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले विद्यार्थीहरुलाई देशका बिभिन्न निकायमा जानको लागि शिक्षानै आबश्यक भएको हुनाले सबैले नियमित रुपमा पढाइमा ध्यान दिन समेत आग्रह गरे ।
यस्तै कार्यक्रममा सिसा नेपालका सल्लाहाकार तथा समाजसेवि बेचन वलीले विद्यार्थीहरुको अबस्था देखेर आफु निकै भावविह्वल भएको बताए । यसरी प्रतक्ष्य रुपमा यो अभियानमा जोडिन पाउदा आफु निकै खुसि भएको बताए। साथै उनले ब्यक्तिगत रुपमा १० वटा स्विटर पनि सहयोग गरेका छन् । सहयोग बितरण कार्यक्रममा राममणि शर्मा,केशब गिरी लगायतले मन्तब्य राखेका थिए । विद्यालयकि शिक्षिका दिपा वलीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको संचालन प्रधानाध्यापक टोप बहादुर वलीले गरेका थिए । यस्तै अभियानकि संयोजक साजिदा सिद्धिकिले अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद प्रकट गरेकि छिन्।
