आलोक भाबुक/गढवा बिहिबार, पुष ०४, २०८१

दाङ । गढवा गाउँपालिकाको सहि नेतृत्व,असल नियत र सकरात्मक सोचले कृषकहरुको जिवन स्तरलाई माथी उकास्न गरिएको एउटा पहलको अन्तिम रुप दिने तयारी स्वरुप गरिएका प्रयासहरु सफल भएका छन् ।

पौष १५ गतेदेखि गढवा गाउँपालिकामा दुग्ध संकलन कार्य सुरु हुने लगभग अन्तिम चरणमा पुगेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले दुग्ध संकलन कार्य सुरु गरेपछी दुग्ध उत्पादन गर्ने किसानहरुले नेपाल सरकारले तोकेको दर रेटमा दुग्ध बिक्री गरी मासिक रुपमा भुक्तानी पाउने छन् । गढवा गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता परियाेजना (भिटा परियोजना) बाट गढवाका कृषकहरुको जिवन स्तरलाई माथी उकास्न गरिएको एउटा महत्वपूर्ण प्रयासको रुपमा लिईएको छ । दुग्ध संकलन कार्य गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट एक साथ सुरु हुने बताईएको छ।

त्यस्तै गढवामा किसानहरुले उत्पादन गरेको दुग्ध बिक्रीको समस्या देखिएकोले समस्या समाधानका लागि लुम्बिनी बिशिस्टकृत सहकारी संघले सञ्चालन गरेको डेरी उद्योग बुटवलमा गाउँपालिका र राजपुर का किसानको दुग्ध बजारी करणको लागि सम्झौता गर्ने बारे बुधबार बृहत छलफल गरी अन्तिम रुप दिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

गढवा गाउँपालिकामा हाल करिब २५ सयदेखि ३ हजार लिटर दूध प्रत्येक दिन उत्पादन हुदै आएको छ भने राजपुर गाउँपालिकामा करिब ५ हजार लिटर दुग्ध उत्पादन हुने गरेको अनुमान गरिएको छ । तर बजारीकरण नहुदा कृषकलाई ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । दुध उत्पादन हुन्छ बजारीकरण छैन, ५५-६० रुपैयाँ प्रति लिटर बिक्री हुन्छ र पैसा ६ महिना पछी पाईन्छ भैसी पालक कृषक देवराज यादवले जानकारी दिए ।

म दैनिक २० देखि २५ लिटर दूध बिक्री गर्छु तर पैसा महिनौ दिन कुर्नु पर्छ यो समस्या मेरो मात्र नभई सम्पूर्ण गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका भैसी पालक कृषकहरुको रहेको यादवले बताए । गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत गरेको कार्य गढवा गाउँपालिकाको उदाहरण र ऐतिहासिक कार्य भएको बताए । गढवा गाउँपालिकाले यस भन्दा पहिले खसीबोकाअओ सामुहिक बजारीकरण, धानको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सम्झौता गरी सरकारी दररेटमा धान बिक्री गरिसकेको छ । भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]