Sidha Patra बुधबार, पुष ०३, २०८१

काठमाडौँ । अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १० जना मानिस पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर –१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पासपेन २ हजार १ सय ५० ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

त्यस्तै पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय काजल तामाङ र सोही उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोस्ट बरगाछी र अस्थायी प्रहरी पोस्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी हर्क बहादुरकी छोरी काजल समेत २ जनालाई पक्राउ गरेको हो ।

यस्तै यता मोरङको विराटनगर महानगरपालिका –१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका(१७ बस्ने २८ वर्षीय संजिव दंगाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २७ वर्षीय भक्तु रानालाई अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय ईरसाद अलीलाई मंलगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ४० वाइ ८५८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका(४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित ३

यस्तै जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१ बस्ने २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजबंशी र २८ वर्षीय सुनिल साह रहेका छन् । इलाका प्रहरी कार्यालय कुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]