
Rksr-7
Csbg-7
Usbl-7
Jsbr-3
Pbu
Gsbg-3
Jsbg-7
Gsbr-6
Msbg-2
ksbl-7


दाङ । देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको परिचय भने खुल्न सकेको छैन् ।
सोमबार बेलुका ६ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया(कटेशनाला नजिक) मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
पश्चिकबाट पुर्व तर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पुर्वबाट पश्चिम तर्फ जादै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।
