
Tgp
Gsb
Ssb
Fmb
Ssb
Ksb
jsb
Rks
Nsb
Csb
Ksb
Usb
Bsn
Ppu
Ksb
Rsb

Hl1
Ssb
Gsb
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औं वार्षिक साधारण शनिबार गढवामा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
साधारणमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले १५ बर्षदेखि सस्तोदररेटमा गढवा बासीलाई स्वच्छ खानेपानी खुवाउदै आएको संस्था आर्थिक रुपमा सोचे सबल हुन नसकेको आभास भएको बताए । न्युनतम १५० रुपैयाँका दरले जति पानी प्रयोग गरेपनि त्यति नै शुल्क तिरेर प्रयोग गर्न पाएकोले कोषमा पैसा जम्मा नभएको सामान्य भएको बताए । तर संस्थालाई सबल र सक्षम बनाउन गत वर्षदेखि मिटर जडान गरेर पानी बितरण कार्यले पक्कै पनि आउने दिनमा समिति आर्थिक रुपमा मजबुत हुने बताउदै पानी खपतको आधारमा शुल्क तिर्नुपर्ने उपभोक्ताहरु सकरात्मक हुनुपर्ने बताए ।
गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति भएपनि समितिले खानेपानीमा मात्र सिमित देखिएकोले आउने दिनमा खानेपानी संगै सरसफाईमा पनि ध्यान दिन आग्रह गरे । आपत्कालीन समयमा मोटर जस्ता सामाग्री बिग्रेको अवस्थामा गढवा गाउँपालिकाले आवश्यक सहयोग गर्नका लागि बजेट विनियोजन गरेको बताए ।
त्यसैगरी गढवा गाउँपालिका भरिका खानेपानी स्वच्छताको लागि मापन गर्ने र सुद्धिकरण गर्ने बारे बजेट बिनियोजन गरेको बताए । साथै केही उपभोक्ताको मिटरमा २०-२२ हजार रुपैयाँ एक महिनाको बिल आएको गुनासोको लागि प्राविधिक समस्या भएको हुन सक्ने भएकोले त्यसलाई निराकरण गर्न समितिलाई अनुरोध समेत गरे ।
यस्तै कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेले पानीको महसुल निर्धारण गर्दा कर्मचारी कति राख्ने खर्च कति हुन्छ अर्थात सबै खर्च जोडेर निर्धारण गर्नुपर्ने बताए । आय र ब्यय बराबर भए खानेपानी योजना सञ्चालन गर्न सकस हुने बताउदै प्रमुख न्योपानेले दाङमा ४४ प्रतिशत जनता शुद्ध खानेपानीबाट बञ्चित भएको बताए । शुद्ध खानेपानीका धारा जडानका लागि कार्यक्रमहरु अभियानको रुपमा अघि बढाउनु पर्ने बताउदै सिमित स्रोत साधनको अत्याधिक प्रयोग गरेर शुद्ध खानेपानी व्यवस्थापन गर्ने तर्फ जोड दिनुपर्ने बताए ।
आज सम्पन्न भएको १५ औं वार्षिक साधारण सभा कार्यक्रममा संस्थागत प्रगति प्रतिबेदन तथा कार्ययोजना प्रस्तुत गर्दै संस्थाका सचिव खुमानन्द पोख्रेलले हालसम्म ६ सय ६० उपभोक्ता रहेको गढवा खानेपानीले २४ सै घण्टा सबैको धारामा शुद्ध खानेपानी सप्लाइ गर्दै आएको बताए । २ वटा डिपो बोरिङ्ग स्रोतबाट पानी उपलब्ध भई हाल ५ जना कर्मचारी कार्यरत रहेको, खानेपानीको लागि २ लाख २० हजारको लागतमा नयाँ पम्प जडान गरिएको, ४० लाखको लागतमा डिप बोरिङ्ग गाड्ने कार्य टेन्डर मार्फत सम्पन प्रतिबेदनमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी १५ औँ वार्षिक साधारण आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दामोदर ढुङगानाले आर्थिक वर्ष २०८०/०८१ मा पानी महसुलबाट ८ लाख ९४ हजार,धारा जडानबाट ६ लाख ४३ हजार, जरिवानाबाट ८८ हजार ७ सय ४०,मिटर जडानबाट ६१ हजार र अन्य गरी १९ लाख ९० हजार ३ सय ८९ रुपैयाँ आय प्रस्तुत गरेका थिए भने अतिथि सत्कार,निर्वाचन खर्च,चिया नास्ता साधारण सभा खर्च गरी कुल १ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ, विद्युत महसुल ४ लाख, ६ हजार ८ सय ९२ रुपैयाँ, सुचना सञ्चारतर्फ १७ हजार रुपैयाँ खर्च, कर्मचारी तलब तर्फ ३ लाख ३७ हजार ७ सय ३ रुपैयाँ, सफ्टवेयर तथा इन्टरनेटका लागि ५१ हजार ९ सय ६७ रुपैयाँ, पाइपलाईन बिस्तार तथा मर्मतका लागि ४ लाख १७ हजार, ४ सय ४६ रुपैयाँ, मर्मत सम्भारतर्फ ४६ सय रुपैयाँ लगायत अन्य शिर्षकमा गरि कुल १९ लाख ४५ हजार ५ सय ६१ रुपमा व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गढवा गाउँपालिकाका जनप्रतिनिधि, गढवामा क्रियाशील विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, खानेपानी संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, राजनीतिक दल,उपभोक्ता समितिका निवर्तमान,वर्तमान पदाधिकारी, समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको सहभागिता रहेको थियो।
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका अध्यक्ष दयाराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव खुमानन्द पोख्रेलले गरेका थिए ।
