Sidha Patra शनिबार, मंसिर २९, २०८१

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन ।

व्यवसायीक पत्रकारीता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारीता क्षेत्रमा देखा परेका विकृती र विसंगती अन्त्यकालागि पनि ध्यान दिन आग्रह गरे ।‘स्वच्छ, स्वस्थ र व्यवसाहिक पत्रकारीता अहिलेको आवश्यकता हो । यही मर्मलाई जोड दिएर समाजमा रहेका परिघटनाहरुलाई बाहिर ल्याउन यहाँहरुको महत्वपूर्ण योगदान छ’मुख्यमन्त्री आचार्यले भने,‘सरकारका कमिकमजोरी छन् भने पनि त्यसलाई बाहिर ल्याएर सरकारलाई समेत सजग र सतर्क बनाउन यहाँहरुले भूमिका खेल्नुहुने छ ।’

त्यस्तै भ्रष्टाचार अन्त्यकालागि पारदर्शीता गर्न र गराउन पत्रकारीता जगतको महत्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रुपमा निर्वाह गर्न आग्रह गरे । पत्रकार महासंघ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]