
Usbl-7
ksbl-7
Pbu
Jsbg-7
Msbg-2
Rksr-7
Gsbg-3
Jsbr-3
Gsbr-6
Csbg-7


रुपन्देही । गएराती बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल,उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।
त्यस्तै गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
यस्तै पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
