Sidha Patra बुधबार, मंसिर २६, २०८१

काठमाडौँ । फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर कानुन हातमा लिएको आरोपमा प्रहरीले दाङका प्रमुख योजनाकार पुन सहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको ग्रुप बनाएर उनीहरुले कानुन हातमा लिएको आरोप छ ।

त्यस्तै पक्राउ पर्नेमा दाङ घर भएर भैंसेपाटी बस्ने रेख बहादुर पुन मगर ‘रिदम’, ललितपुर घर भएका २६ वर्षीय सुमन लो, सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय फुर्वा तामाङ उर्फ डिबी, भोजपुर घर भएका ३१ वर्षीय विक्रम तामाङ र सिन्धुली घर भएका २६ वर्षीय उत्तर वाइबा रहेका छन् । सामाजिक सञ्जाल ‘टिकटक’ मा विज्ञापन गरेर नै उनीहरुले कानुन हातमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । भट्टराईले भने, ‘वैदेशिक रोजगारी र सहकारीको रकम उठाउनुपरेमा सम्पर्क गर्नुहोला भनेर विज्ञापन गरेर उनीहरुले गलत अभ्यास गरेको देखिन्छ ।’

यस्तै टिकटकमा उनीहरुले ‘जिडिएफ क्लब’ अर्थात गोर्खा डिफेन्स फोर्स भन्ने क्लब बनाएका छन् । सो फोर्सको आवरणमा उनीहरुले कपनस्थित एक सहकारीको म्यानेजरलाई नियन्त्रणमा लिएर मोटरसाइकल कब्जामा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सहकारीका म्यानेजरबाट ९० हजार असुल गरेपछि आरोपीहरूले मोटरसाइकल फिर्ता गरेका थिए ।

त्यस्तै समूह बनाउने मुख्य योजनाकार रेखबहादुर पुन मगर हुन् । उनी जिम प्रशिक्षक समेत हुन् । आरोपीहरुमाथि कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी भट्टराईले जानकारी दिए । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]