
Msbg-2
Usbl-7
Gsbr-6
ksbl-7
Jsbg-7
Jsbr-3
Csbg-7
Pbu
Gsbg-3
Rksr-7


काठमाडौं । मानव बेचबिखन मुद्दामा इन्टरपाेलबाट समेत रेड नाेटिस जारी भएका फरार अभियुक्त नेपालीलाई नेपाल प्रहरीले युएईबाट पक्राउ गरी नेपाल ल्याएकाे छ ।
पूर्वी रुकुम घर भएका ४५ वर्षीय नीराजन नेपालीलाई प्रहरीले मंगलबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलकाे सहयाेगमा उनलाई नेपाल ल्याइएकाे प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए । उनलाई नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो ।
त्यस्तै कार्कीका अनुसार राहदानी नम्बर पिए १५३३५४२ बाहक ४५ बर्षिय नेपालीलाई पक्राउका लागि रेड नोटिस जारी गरिएको थियो । नेपालीलाई इन्टरपोल शाखाका प्रहरी अधिकारीले विमानस्थलबाट बुझेर मानव बेचबिखन व्युरोमा पठाएको छ ।
