
Rks
Tgp
Ksb
Ksb
Ksb
Bsn
Ssb
Ppu
Gsb
Ssb
Nsb
Usb
jsb
Fmb
Rsb
Csb

Gsb
Hl1
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेकाे छ।
पालिकाले धान उत्पादक कृषकहरु बीच प्रतियोगिता गराई छनाेट भएका ती कृषकहरू लाई शुक्रबार एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको हाे ।
प्रतियोगितामा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल २८३.६२ प्रतिशत धान उत्पादन गरि प्रथम,वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी २७० प्रतिशत धान उत्पादन गरि द्वितीय र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी १७३.७ प्रतिशत धान उत्पादन गरि तृतीय हुनु भएको पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।
यसरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार नगद सहित एकएकवटा कृषि औजार फरुवा प्रदान गरि सम्मान गरिएकाे छ।
त्यस्तै प्रतियोगिताका अन्य सहभागी कृषकहरुलाई एकएकवटा कृषि औजार फरुवा सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएकाे शाखा प्रमुख गडरियाले जानकारी दिए ।
प्रतियोगितामा प्रक्रिया पुर्यएर आवेदन दिएका १६ जना कृषकहरू बीच प्रतिस्पर्धा भएको थियो ।
पालिकाले चालु आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यविधि नै बनाएर उक्त प्रतियोगिता मार्फत छनाेट भएका कृषकहरुलाई सम्मान गरेको हाे ।
कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगीता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए ।
शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजार स्थित राप्ती तरकारी संकलन तथा विक्री केन्दमा आयाेजित उत्कृष्ट कृषक पुरस्कृत तथा सम्मान कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले खाद्यान्न उत्पादनमा वृद्धि ल्याई पालिकालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरु सहयोगी बन्ने बताए ।
त्यस्तै अध्यक्ष विष्टले पालिकाले कृषकहरू लाई
कृषि औजार वितरण,करार खेती अनुदान,दूध उत्पादनमा आधारित अनुदान दिदै आएको समेत जानकारी गराए । पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीमा कृषकले अत्याधिक विषादी प्रयोग गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष विष्टले त्यसलाई निरुत्साहित गरि अर्गानिक उत्पादनमा जाेड दिनुपर्ने बताए ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी कृषकहरूकाे पक्षमा विभिन्न किसिमका याेजनाहरु हुदाहुदै पनि सिमित स्राेत र साधनका कारण सबै याेजनाहरु पूरा गर्न कठिनाइ भएको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम२ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी,इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख मनाेहर राम चाैधरी, राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारी,निलसागर सेवा आश्रम नेपालगन्जका केन्द्रीय अध्यक्ष सरिता खनाल, कार्यपालिका सदस्यहरु,विभिन्न कृषक समूहका सदस्यहरुकाे उपस्थिती रहेको थियो ।
पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए ।
यस्तो थियो कृषक छनौट मापदण्ड
गाउँपालिकाले कार्यविधि निर्माण गरेर धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गरेको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने मापदण्ड निर्माण गरिएको थियो ।
नेपालमा बिक्री बितरणमा मान्यता प्राप्त धान खेती गर्नुपर्ने, खेती गरेको जग्गाको कित्ता नम्बर खुलाउनु पर्ने, गाउँपालिकाको रोहबरमा धान काट्ने, दाउने र तौल गर्नुपर्ने लगायतका प्रावधान कार्यविधिमा उल्लेख गरिएको शाखा प्रमुख गडरियाले जानकारी दिए ।
त्यसैगरी प्रतियोगीतामा भाग लिनका लागि आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारिक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गाको लालपुर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि र वडाको सिफारिस अनिवार्य लिनुपर्ने प्रावधान राखिएको थियो ।
प्रतियोगीका लागि आवेदन दिएका कृषकहरुको प्रति एकाई क्षेत्रफलमा उत्पादित धानको मूल्याङ्कन गरेको भन्दै कृषि शाखा प्रमुख गडरियाले कुल उत्पादनलाई १०० ले गुणन गरी आएकाे जम्मा अंकलाई औषत उत्पादनले भाग गर्दा प्राप्त प्रतिशतअनुसार विजयी कृषक घोषणा गरेको जानकारी दिए ।
