
Jsbr-3
Jsbg-7
ksbl-7
Pbu
Gsbg-3
Msbg-2
Gsbr-6
Rksr-7
Csbg-7
Usbl-7


काठमाडौँ । रोल्पामा घुस सहित एक प्रहरी सई पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुस सहित पक्राउ परेका हुन् ।
त्यस्तै सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यस्तै सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकम सहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।
