
Ksbus
Rgp
Ggp
Asbus
Sdc
Msbus
Lnp
Ksbus
Ggp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ ।
पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो ।
गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष पोखराको प्राविधिक सहयोगमा वडा नं.४ को गोपीनालास्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेबिज विरुद्धको खाेप शिविर सञ्चालन गरेको छ ।
शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिने र बन्ध्याकरण गर्ने काम भइरहेको छ । बन्ध्याकरण गरिएका कुकुरहरुलाई पुन नियन्त्रण गरिएकै स्थानमा लगेर छोड्ने गरिएको छ । शिविरको पहिलो दिन वडा नम्बर ५ र ६ का विभिन्न टाेलका ५० वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए ।
त्यस्तै आचार्यका अनुसार शिविर मंसिर १३ गतेसम्म सञ्चालन हुने छ । पालिकाले गतवर्ष पनि साे शिविर सञ्चालन गरि तीन सय बढी कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरेको थियो ।
