
Unsku
Ggp
Gfs
sbs
Djs
Pbu
Rgp1
cjs
Lnp
Pes
Srbpu
pku
Rgp
Sgr

Bbbpu
Hal
Ksm
Rgu
Vor
Wsp
Ggd
nsb
Sbs
Ssm
Rsb
Rgs
Gst
Bbu
Sls
Rgu
Pvg
Asm
Tsm

Abd
Jmb
Mks
Ptm
sab
Bml
Jmb
Syp
Rpp
Rmb
Gsb
Pls
bbt
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले२०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।
तर नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह गरे । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने– ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ ।
हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् । हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’ कार्यक्रममा एकपटक एकीकृत जनक्रान्तिलाई ०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेको उनले स्पष्ट पारेका छन् ।
