
Ggp
Pes
Sgr
Djs
pku
Srbpu
Lnp
Pbu
Gfs
Rgp1
sbs
Rgp
Unsku
cjs

Tsm
Rgu
Ssm
Rsb
Bbbpu
Gst
Hal
Sbs
Wsp
Asm
Pvg
Sls
Ggd
Vor
Rgu
Bbu
Rgs
Ksm
nsb

Pls
Bml
Jmb
Ptm
sab
bbt
Rpp
Rmb
Mks
Abd
Gsb
Jmb
Syp
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।
सरकार दसैँ,तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरेका हुन् । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
शुक्रबार काठमाडौँमा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले अबको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
त्यस्तै प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्चाएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताए ।
