ओमप्रकाश गुप्ता सोमबार, मंसिर ०३, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले देउसीभैलोको रकमबाट झुला निर्माण गरेको छ ।

संस्थाले राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक वनको हरितपार्कमा झुला निर्माण गरेको हो । संस्थाले सञ्चालन गरेको देउसी भैलोबाट संकलित कुल १ लाख ५६ हजार रकम मध्ये खर्च कटाएर बचेको रकम मध्ये ५० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय भए बमोजिम २९ हजार ४ सयको लगानीमा झुला निर्माण गरेको संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै बीच संस्थाले निर्माण गरेको झुलालाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेले रामजहदी सामुदायिक वनका अध्यक्ष डिल्लीराज सुवेदीलाई हस्तान्तरण गरेका छन् । संस्थाका अध्यक्ष बेल्वासेको अध्यक्षतामा भएको झुला हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाले हरितपार्कको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन् । भैलो खेलेर फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा लगानी गर्नु उपयुक्त हुने बताएका थिए ।

सो अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार तथा राप्ती उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, रामजहदी सामुदायिक वनका अध्यक्ष डिल्लीराज सुवेदी, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रकाश आचार्य, राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरि खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

संस्थाले यश अघि राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम र वडा नम्बर २ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा रहेको दृष्टिविहिन छात्राबासमा खाद्यन्न सहयोग गरेको थियो । जस अनुसार १०/१० हजार रुपैयाँबाट आश्रम र छात्राबासमा चामल, दाल, नुन, तेल, फलफूल, भुजा, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेको थियोे ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेले निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरी र दृष्टिविहिन छात्राबासमा विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर क्षेत्रीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका थिए । भैलोबाट संकलित रकमले पिकनिक खाने, भ्रमण जाने वा फजुल खर्च गर्नु भन्दा सडक आश्रित मानव तथा असाय, बेसाहाराहरुलाई सहयोग गर्नु पवित्र कार्य हुने भन्दै संस्थाले ५० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय बमोजिम आश्रम र छात्राबासमा सहयोग गरेको संस्थाका अध्यक्ष अशोक बेल्वासेले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]