
Rgp1
Ggp
Pbu
Rgp
cjs
sbs
Lnp
Gfs
Sgr
pku
Djs
Pes
Unsku
Srbpu

Ssm
Rgs
Rgu
Rgu
nsb
Pvg
Sls
Wsp
Gst
Hal
Tsm
Asm
Sbs
Rsb
Ksm
Bbbpu
Bbu
Ggd
Vor

Jmb
Mks
Syp
Abd
Bml
Rmb
Gsb
Rpp
Pls
Jmb
bbt
sab
Ptm
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताएका छन् ।
त्यस्तै उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए । थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु सहभागी अहिलेको सरकार रहेको बताए ।
यस्तै उनले भने, ‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सहभागीतामा अहिलेको सरकार बनेको छ । थारु समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन ।’ थारु समुदाय आदिवासी र धर्तीपूत्र भएको उनले बताए । यो समुदायप्रति गर्व गर्नुपर्ने उनले बताए । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि यो समुदायको महत्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने उनले बताए ।
त्यस्तै ‘सामाजिक सदभाव र एकता थारु समुदायको विशेषता हो । यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपाल सबै जातजातिको फूलबारी हो’अर्थमन्त्री पौडेलले भने, हामीबीच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ । यहाँहरुको प्रयास अनुकरणीय छ ।’ संविधान ढुंगाको अक्षर नभएको, गतिशिल दस्तावेज भएको र समाजको आवश्यकताका आधारमा संविधान परिस्कृत हुँदै जाने उनको भनाइ छ । नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले थारु समुदाय अधिकारबाट वञ्चित भएको बताए । उनले थारु समुदायको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । थारु कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
