
Rgp1
cjs
Rgp
Lnp
Ggp
pku
Gfs
Unsku
Pes
Sgr
sbs
Djs
Srbpu
Pbu

Gst
Rgu
Hal
nsb
Rsb
Ssm
Asm
Rgs
Rgu
Vor
Sbs
Ksm
Bbbpu
Bbu
Ggd
Wsp
Pvg
Sls
Tsm

Rmb
Bml
Abd
Mks
Syp
Gsb
bbt
sab
Pls
Jmb
Rpp
Ptm
Jmb
दाङ । देउखुरीका चार स्थानीय तहहरूले संयुक्तरूपमा स्वास्थ्य संस्था दर्ता,नवीकरण तथा स्तरोन्नति सम्बन्धि निर्देशिका तयार गर्ने कार्य अघि बढाएका छन् । राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाले उक्त निर्देशिकालाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ तयार पार्न लागेका हुन् ।
सोमबार राप्ती गाउँपालिकामा आयोजना गरिएको एकदिने गोष्ठीमा निर्देशिका निर्माण सम्बन्धी विभिन्न विषयमा छलफल भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा स्वास्थ्य संस्था दर्ता,नवीकरण तथा स्तरोन्नतिका लागि आवश्यक नीतिगत सुधारहरू र कार्यान्वयन रणनीतिहरूको चर्चा गरिएको थियो।
गाेष्ठीकाे लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी र वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले सहजीकरण गरेका थिए । उनीहरूले निर्देशिका निर्माणका लागि आवश्यक कार्यप्रणाली र त्यसको महत्त्वबारे जानकारी गराएका थिए ।
साे कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य संस्था दर्ता,नवीकरण र स्तरोन्नति निर्देशिका निर्माणका लागि स्थानीय तहहरूको सहकार्य अत्यन्तै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनले भने, “स्वास्थ्य सेवामा एकरूपता र गुणस्तर अभिवृद्धिका लागि यो निर्देशिका एउटा मार्गदर्शक बन्नेछ । यसले सेवा प्रदायक र लाभग्राहीबीच विश्वासको सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।” अध्यक्ष विष्टले निर्देशिकाले नीतिगत स्थायित्व ल्याउन सहयोग पुग्ने र स्वास्थ्य संस्थाहरूलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
गोष्ठीमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख र विभिन्न स्वास्थ्य संस्थाका डाक्टर तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो ।
