
Lnp
Rgp
Gfs
Sgr
Ggp
Rgp1
Djs
sbs
Pes
pku
Srbpu
Unsku
Pbu
cjs

Gst
Vor
Rgu
Ssm
Pvg
Sbs
Sls
Rsb
Hal
Bbbpu
Tsm
nsb
Ggd
Ksm
Bbu
Rgu
Rgs
Asm
Wsp

Rmb
Syp
Rpp
Ptm
Pls
Abd
bbt
Gsb
Mks
Jmb
sab
Jmb
Bml
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ ।
आज (आइतबार) कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप भएको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।
त्यस्तै पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। लामिछानेका कार्यकर्ता तथा समर्थकले आज पनि पोखरामा विरोध प्रदर्शन गरेका थिए ।
