
Rks
Gsb
Usb
Ssb
Ppu
Ksb
Csb
Ssb
jsb
Tgp
Bsn
Ksb
Nsb
Rsb
Ksb
Fmb

Gsb
Usb
Tsb
Hl1
Ssb

ptl
Nps
Rgu
दाङ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहार फाल्न रोक लगाएको छ ।
विगत लामो समयदेखि फोहोर फाल्दै आइरहेको अजम्मरी सामुदायिक वन क्षेत्रबाट अनेत्र डम्पिङ् साइड व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले अनौपचारिक रुपमा विगत लामो समयदेखि अव्यवस्थित दुर्गन्धित डम्पिङ साइडलाई पटकपटक जानकारी गराएता पनि स्थानीय पालिकाबाट कुनै सुनुवाई नभए पश्चात् लमही नगरपालिकालाई ध्यानाकर्षण पत्र सहित एक महिने अल्टिमेटम दिइएको थियो ।
ध्यानाकर्षण पत्र सहित एक महिने दिइएको अल्टिमेटम समय सकिएपछि वन प्रवेशद्धार गेटमा ताला लगाइएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए । उनले भने,–। ‘लमही नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाले वषौँदेखि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ तर, व्यवस्थापन भने गर्न सकिरहेको छैन ।’ समूहका अध्यक्ष रिजालका अनुसार फोहोर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको भन्दै, यस विषयमा आवाज उठेपछि सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न लमही नगरपालिसँग अनुरोध गरेको बताए ।
उनले भने,–। ‘हामीले आधिकारीक पत्र सहित लमही नगरपालिकाका नगर प्रमुखसंग अनुरोध गरेका थियौँ । एक महिना वितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन ।’ समूहले डिभिजन वन कार्यालय दाङ, देउखुरीलाई समेत जानकारी गराएको छ । जथाभावी रूपमा वनक्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै समूहले वनमा फोहोर फाल्न रोक लगाएको समूहका अध्यक्ष रिजालले बताए ।
वन कार्यालय,सामुदायिक वनले स्थलगत अवलोकनको क्रममा लमहीबाट बजारको फोहोरसँगै सेफ्टी–ट्यांकीको फोहोरसमेत फालेको र आगो लगाउने गरेको भेटेपछि यो कदम चालिएको उनले बताए । लमही नगरपालिकालाई पनि चाँडो वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिएको छ । लमहीबाट फोहोर बोकेको नगरपालिकाको गाडीलाई जंगलतर्फ आउन नदिई फर्काउन थालिएको छ ।
‘लमहीबाट फोहोर बोकेको गाडीलाई जंगलक्षेत्रमा पस्न दिएका छैनौं । सरोकारवालालाई पनि अब कडाइ गर्न भनेका छौं, उनले भने,–। ‘एक महिनामात्र समय दिइएको थियो । फोहोरले वातावरणलाई धेरै प्रदूषित गरेकाले यो कदम चाल्नुपर्यो ।’ ‘गतवर्ष फोहार व्यवस्थापनको कामलाई तिब्रता दिएको लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा वालिङ् नगरपालिकाले संचालन गरेको फोहोर व्यवस्थापन केन्द्रको स्थलगत अध्ययन एवम् अवलोकन गर्दा फोहोर फाल्ने स्थान (डम्पिङ) साइड होकी, पार्क भन्ने विषयमा अलमलमा पर्न गएको थियो ।’
त्यस्तै फोहोर वनक्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठे पनि सुनुवाइ भने अहिलेसम्म नभएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । फोहोरमा आगो पनि लगाउने झन्डै एक किलोमिटर क्षेत्रमा रुख–बिरुवा केही पनि नभएको उनले बताए । यो सबैको सरोकारको विषय भएकोले सबैतिरबाट आवाज उठ्नुपर्छ, उनले बताए ।
