
Rgp
Unsku
pku
Ggp
Pes
Sgr
Rgp1
Lnp
sbs
Gfs
Srbpu
Pbu
Djs
cjs

Rgu
Rgu
Hal
Bbu
Pvg
Ksm
Ssm
Rgs
Asm
nsb
Gst
Tsm
Bbbpu
Sls
Sbs
Vor
Rsb
Ggd
Wsp

Abd
Jmb
sab
bbt
Syp
Bml
Mks
Gsb
Rpp
Jmb
Pls
Ptm
Rmb
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद आज सकिएको छ ।
त्यस्तै प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा रहेको छ ।
पोखरामा आज पनि प्रदर्शन हुने
आफ्ना सभापति लामिछानेको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू डाकेको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी छ ।
त्यस्तै यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो । रास्वपाले रविलामिछानेलाई अदालत पेस गर्दा सँधै प्रदर्शन गर्ने गरेको छ ।
