श्रवण कुमार यादव बिहिबार, कार्तिक २२, २०८१

दाङ । राप्ती नदीमा भैँसी तार्ने क्रम बगेर बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

राजपुर गाउँपालिकमा वडा नम्बर ३ कालीपुरुवाका रामकुमार यादवको छोरी १६ का विद्यावती यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए ।

यादव बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका वडा नम्बर -८ दुईघरवाबाट भैँसी चराई घर तर्फ फर्किदै गर्दा राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता भएकी थिइन् । यादव बगेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई खबर गरे पश्चात स्थानीयवासी र प्रहरी टोलीले खोजी प्रक्रिया सुरु गरेको डिएसपी थापाले बताए ।

त्यस्तै बेपत्ता बालिकालाई खोजी गदै जाँदा बिहीबार आज बिहान साढे ८ बजेतिर लमही नगरपालिका-८ धनपुरुवा स्थित राप्ती नदीको बीचमा बालिकाको शव फेला परेको थापाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]