
Pbu
Jns
Usb
Sgp
Ggp
Dus
Asb
Rgp
Rgp
Dbs
Rgp
Ggp
lnp
Lnp
ksb
Lks
Rgp


काठमाडौँ । भोलिदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार आज बिहान बेलायत तर्फ प्रस्थान गरेका छन् ।
त्यस्तै इन्टरपोलका एक सय ९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोलर विश्व स्वास्थ्य सङ्गठन बिचको सहयोग,आङ्कवाद विरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
