
sbs
Gfs
Pbu
pku
Ggp
Rgp1
cjs
Srbpu
Lnp
Unsku
Rgp
Pes
Djs
Sgr

Bbu
Ksm
Pvg
Ggd
Bbbpu
nsb
Rgs
Rgu
Rsb
Tsm
Wsp
Gst
Hal
Sls
Asm
Ssm
Sbs
Rgu
Vor

Gsb
bbt
Syp
Mks
sab
Abd
Rpp
Jmb
Pls
Bml
Rmb
Ptm
Jmb
काठमाडौं । रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
त्यस्तै यसअघि सुप्रिम सहकारीको रकम अपचलनको विषयमा छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो।
सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पहिलो पटक ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न बिहीबार नै जिल्ला अदालतबाट अनुमति लिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।
त्यसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको थियो । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो । यो कुरा सुप्रिमकी तत्कालीन लेखापालले पनि बयानमा भनिसकेकी छन् ।
