
Sgr
cjs
sbs
Pes
Gfs
Rgp
Djs
Unsku
pku
Ggp
Rgp1
Pbu
Lnp
Srbpu

Ggd
Rgu
nsb
Asm
Ssm
Pvg
Ksm
Wsp
Rgu
Hal
Vor
Bbbpu
Sls
Gst
Rgs
Rsb
Bbu
Sbs
Tsm

bbt
Pls
Gsb
Ptm
Syp
sab
Rpp
Jmb
Rmb
Bml
Mks
Jmb
Abd
काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।
सोमबार र मङ्गलवार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले बयान दिएका हुन् । बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋणस्वरुप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य पनि अस्वीकार गरेका हुन् । दुई दिनको बयानमा उनले भनेका छन्, ‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा सो व्यक्ति म होइन ।’
पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘ सुर्यदर्शन को सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन ।’ सुर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’ आफ्नो नाममा ऋण निकासा भएको बारेमा लामिछानेले अनभिज्ञता जनाएका छन् । उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’
गितेन्द्रबावु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको बताएका छन् । गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘१ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ ।’जीबी राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् । सुर्यदर्शनसहित ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।
त्यस्तै सुर्यदर्शनमा खोलिएका खाताहरू आफ्नो नभएको लामिछानेले जिकिर गरे । गोर्खा मिडियाको आर्थिक कारोबार गितेन्द्रबावु ले नै गर्ने गरेको उनले बताएका छन् । लामिछानेले बयानमा भनेका छन्, ‘कम्पनी छाड्दा मैले कुने रकम लिएको छैन, सहकारीबाट लोन लिने, हिनामिना गर्ने र अपचलनमा म संलग्न छैन ।’ लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सहकारीको रकम हिनामिनाको आरोपसहित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका सवालमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले ६ दिनअघि पक्राउ गरी पोखरा लगेर बयान लिइरहेको छ । त्यसक्रममा रास्वपाका नेता कार्यकर्ताहरूले पोखरासहित देशका विभिन्न स्थानमा दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । सभापति लामिछानेमाथि पोखरा, बुटवल, वीरगञ्जलगायतका स्थानबाट सुर्यदर्शन, सुप्रिम सानोपाइला लगायतका सहकारीबाट गोरखा मिडियामा आएको रकम खर्च गरेको बताइएको छ ।
