
Lnp
Ggp
cjs
Gfs
Unsku
Djs
Pes
Rgp
pku
Srbpu
Rgp1
sbs
Pbu
Sgr

Bbu
Ssm
Rgs
Gst
Pvg
Sls
Bbbpu
Rgu
Ggd
nsb
Asm
Sbs
Vor
Wsp
Tsm
Rgu
Rsb
Ksm
Hal

Pls
Jmb
Jmb
Rpp
Bml
Syp
bbt
Rmb
Abd
Ptm
Gsb
sab
Mks
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न (रास्वपा)ले सूचना पठाएको छ ।
रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलन बाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’
त्यस्तै पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो । त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो ।अनलाइनखबर
