
Sgr
Lnp
Rgp1
pku
Srbpu
Unsku
Ggp
Rgp
Pbu

Bbu
Pvg
Rgs
Gst
Ggd
Rgu
Hal
Wsp
Ksm
Rsb
Bbbpu
Asm
Tsm
Vor
Rgu
Sbs
nsb
Sls
Ssm

sab
Rpp
Gsb
bbt
Bml
Jmb
Jmb
Ptm
Pls
Mks
Abd
Syp
Rmb
हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ ।
त्यस्तै १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको हो ।
अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको एकल इजलासले पीडितलाई ४० हजार क्षतिपूर्ति दिन समेत आदेश गरेको छ ।
त्यस्तै बालिका बलात्कारको आरोपमा पक्राउ परेका लोप्चन हाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा रहेका छन् । उनलाई २ साउन २०८० मा बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । लोप्चनले बालिकालाई १ साउनमा दिदीको घरमा बोलाएर बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
