
Gsb
Ksb
Csb
Ppu
Ksb
Ssb
Fmb
Ksb
Bsn
Nsb
Rsb
Usb
Ssb
Rks
jsb
Tgp

Ssb
Usb
Tsb
Hl1
Gsb

ptl
Rgu
Nps
हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ ।
त्यस्तै १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको हो ।
अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको एकल इजलासले पीडितलाई ४० हजार क्षतिपूर्ति दिन समेत आदेश गरेको छ ।
त्यस्तै बालिका बलात्कारको आरोपमा पक्राउ परेका लोप्चन हाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा रहेका छन् । उनलाई २ साउन २०८० मा बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । लोप्चनले बालिकालाई १ साउनमा दिदीको घरमा बोलाएर बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
