सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बिहिबार, कार्तिक ०१, २०८१

दाङ । जिल्ला प्रहरी कार्यालय दाङद्वारा आयोजना गरिएको ६९ औं प्रहरी दिवस २०८१ को कार्यक्रम भव्यताकासाथ बुधबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा एसपी तिमिल्सिनाले प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गरि सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गरेका थिए । साथै पुर्व प्रहरी कर्मचारीहरु,अमर प्रहरी परिवारजन एवं अशक्त प्रहरी कर्मचारीहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुख,पत्रकार, स्थानीय जनप्रतिनिधी तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थितिमा ९४ वर्षिय जेष्ठ सदस्य पूर्व प्रहरी कर्मचारी प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रमका अवसरमा ६९ औं प्रहरी दिवस २०८१ को उपलक्ष्यमा “ प्रहरी कार्यमा विद्यार्थीको भुमिका ” शिर्षकमा कार्यालयबाट सञ्चालित माध्यामिक विद्यालय स्तरीय कविता प्रतियोगिता र नेपाल पुलिस स्कुल घोराही दाङद्वारा सञ्चालित लुम्बिनी प्रदेश स्तरीय अन्तर विद्यालय निवन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने विभिन्न विद्यालयका छात्र/ छात्राहरुलाई प्रमुख अतिथीबाट पुरस्कार तथा प्रमाण- पत्र वितरण गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]