
jsbr-3
Csbg-7
Jsbg-7
Gsbr-6
Rksr-7
Pbu
ksbl-7
Gsbg-3
Msbg-2
Usbl-7


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुनर्स्थापना केन्द्रमा लागू पदार्थ दुर्ब्यशनका उपचार्थीहरुलाई एका घरका पारिवारिक अभिभावकद्वारा टीका लगाइदिएका छन् ।
टाढाबाट आउन सम्भव नभएका उपचार्थी लगायत कर्मचारी तथा स्वयंसेवकहरुलाई संस्थाका कार्यकारी प्रमुख सुरेश भुसालले आज केन्द्रको प्राङ्गणमा दसैं टीका लगाइदिएका हुन् ।
नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा आपसी मिलन,सद्भाव कायम गर्दै सम्पूर्ण उपचार्थीलाई खुशीका साथ टीका लगाइ दसैं मनाइएको हो । यस्तै केन्द्रमा हाल ३४ जना लागु औषध दुर्ब्यशनका उपचार्थी रहेको समेत कार्यकारी निर्देशक भुसालले जानकारी दिए ।
