Sidha Patra शनिबार, आश्विन २६, २०८१

मकवानपुर । करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो ।

त्यस्तै मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ गते दिउँसो १:०० बजेको समयमा हेटौडा- १६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो । सो स्थानमा रहेको विद्युत्को ११ के.भी. पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

यस्तै बालिकाहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोस भएका थिए । करेन्ट लागेर घाइते भएका दुवै बालिकालाई उपचारको लागी हेटौडा अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]