
jsbr-3
Msbg-2
Rksr-7
Gsbg-3
Usbl-7
ksbl-7
Jsbg-7
Pbu
Csbg-7
Gsbr-6


धनगढी । गए राती कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर आफ्नो श्रीमतीको हत्या गरेका छन ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर –६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन । बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ । उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ ।
त्यस्तै हरिदेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ।
