
Fmb
Bsn
jsb
Rsb
Tgp
Nsb
Rks
Ssb
Csb
Ppu
Usb
Ksb
Ksb
Ksb
Gsb
Ssb

Hl1
Ssb
Usb
Tsb
Gsb

Nps
Rgu
ptl
दाङ । थारु कल्याणकारिणी सभाले क्षेत्र नम्बर १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकहेर संस्कृति संरक्षण गर्न दस्तावेजिकरणको अभियान सुरु गरेको छ ।
नेपाल अधिराज्यमै थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको यो संस्कृतिको संरक्षण गरि पुस्तान्तरण गर्न आवश्यक रहेको हुँदा यसलाई दस्तावेजिकरण गर्ने अभियानको थालनी दाङको गढवाबाट सुरुवात गरिएको थारु बुद्धिजिवी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
थारु समुदायको भुईहार थान अर्थात् मरुवामा समुदायभित्रकै अर्को जाति मानीने ढकहेर समुदायद्धारा परम्परा देखि चल्दै आएको देवी देउताको हरेरी पूजा संग जोडीएको ढकेर प्रथा नेपाल अधिराज्यमै लोपोन्मुख अवस्थामा पुगेकोले यसको दस्तावेजिकरण मार्फत संरक्षण, सम्वर्धन, उन्नयन र बिकास गरि नयाँ पुस्तामा रुपान्तरण गर्न आवश्यक रहेको थारु बुद्धिजिवी डा. कृष्णराज सर्वाहारीले बताए ।
मरुवाहरुमा देवी देउताको पट्टी फेर्ने संस्कार सबैतिर भएपनि हप्तौं सम्म धाक बजाएर पूजागर्ने प्रचलन धेरै जिल्लाहरुमा हराएर जान थालेकोले यसको डकुमेण्ट्रि तयार गर्ने र ग्रन्थका रुपमा दस्तावेजिकरण गर्ने जमर्को गरेको थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरीले बताए । स्थानीय मरुवाहरुमा हरेक बर्ष पट्टी फेरेपछि गरिने यो संस्कृति र प्रथाले समुदाय तथा गाउँमा आरोग्यताको कामना गर्ने,वालीनाली र पशु चौपायामा लाग्ने रोगहरुको प्रतिरक्षा गर्ने, उत्पादनमा बृद्धिहुने र गाउँ समुदायमा समेत आईपर्ने रोगवेत र माहामारीलाई नियन्त्रण गर्ने परम्परागत मान्यता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
यसैविच थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ को आयोजना थाकस गढवाको सहआयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा लोपोन्मुख ढकहेर संस्कृति संरक्षण र बृत्त चित्र निर्माण सम्बन्धि कार्यक्रमको आईतवार उद्घाटन गरिएको छ ।
सभाका क्षेत्रीय सभापति प्रकाश चौधरीको अध्यक्षतामा भएको डकुमेण्ट्रि निर्माण कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गरेकी हुन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले थारु समुदायको धाक बजाउने र पूजा गर्ने संरस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व भएको बताइन् । लोपोन्मुख कला संस्कृतिको संरक्षण गरि पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको औंल्याउदै स्थानीय सरकारको तर्फबाट यस्ता विषयहरुमा पहल हुने उनले बताइन् ।
कार्यक्रममा अनुसन्धानकर्ता तथा लेखक उदय आलेले सिनेमामा काल्पनीक पात्रमार्फत कथावस्तु जोडिने तर लोपोन्मुख कला संस्कृतिको संरक्षण सम्ँवन्धी बृत्तचित्रमा वास्तविक पात्रहरुको प्रयोग हुने भएकोले यो यथार्थपरक दस्तावेज बन्ने बताए । एक हप्तासम्म संचालन गरिने यस कार्यक्रमले ढकहेर संस्कृति र परम्पराहरुको छायांकन मार्फत भविश्यमा नेपाली,थारु र अगे्रजी भाषमा ग्रन्थहरु समेत प्रकाशन गर्ने योजना रहेको बताए । यसअघि थारु–नेपाली शब्दकोष, कुसुण्डा भाषाको शब्दकोष लगायत थारु कला संस्कृतिमा गहन अध्ययन गर्नुभएका उदय आलेले यसको संयोजनको जिम्मेवारी लिएको थारु कल्याणकारीणी सभाले जनाएको छ ।
कार्यक्रममा साहित्यकार तथा बरिष्ठ पत्रकार डा.कृष्णराज सर्वाहारी, बरिष्ठ सल्लाहकार राजेन्द्र प्रसाद चौधरी, थाकस का कानूनी सल्लाहकार हल्लुप्रसाद चौधरी, सल्लाहकार चेतराम चौधरी, ढकहेरका मुख्य गुरुवा आशाराम चौधरी, जिल्ला सदस्य भरतलाल चौधरी लगायतले ढकहेर संस्कृति संरक्षणको अभियान सफल पार्न आवश्यक रहेको बताए । आईतवारदेखि उद्घाटन भएको सो कार्यक्रमका मुख्य पात्र ढकहेर आशाराम चौधरीले ५८ घण्टाको डकुमेण्ट्रि छायांकन हुनेगरी आफ्नो कला र संस्कृति प्रदर्शन गर्ने बताएका छन् । यस कार्यक्रमबाट लिईएको शिक्षालाई दस्तावेजिकरण गरि ग्रन्थ प्रकाशन गर्ने योजना समेत रहेको थारु कल्याणकारीणी सुभा देउखुरीले जनाएको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष गोकुल प्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव कर्कट चौधरीले गरेका थिए ।
