Sidha Patra मंगलबार, आश्विन १५, २०८१

बाँके । मातृ शोकमा परेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको घरमा पुगेर नेपाल प्रेस युनियनले शोक सभा गरेको छ ।

युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यमा शोकसभा भएको हो । केन्द्रीय अध्यक्ष लम्सालले आमाको निधनवाट केन्द्रीय सदस्य बस्नेत र उनको परिवारमाथि बर्जपात परेपनि धैर्यधारण गर्न आग्रह गरेका थिए ।

काजकिरियाको कार्य सकेपछि पुनः पत्रकार बस्नेत आफ्नो पेशामा पहिले जस्तै क्रियाशिल हुनेमा विश्वास ब्यक्त गरेका थिए । युनियनका दाङ जिल्ला अध्यक्ष नारायण खड्काले आमाको निधनवाट शोकाकुल बस्नेत परिवार प्रति जिल्ला र केन्द्रको तर्फवाट श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

शोकसभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, निवर्तमान अध्यक्ष सञ्तोष सुबेदी, युनियनका नेता तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, युनियनका सदस्यहरु खेमराज रिजाल, बिमल गौतम, बालाराम खड्का पुगेका थिए । त्यस्तै पत्रकार रोशनमान श्रेष्ठ, प्रेस चौतारी नेपालका सुर्दशन रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, तुलसीपुर सिटी हस्पिटलका प्रबन्धक हेमराज बस्नेत लगायत शोकसभामा पुगेका थिए ।

शोकसभा कार्यक्रमको सहजीकरण जिल्ला सचिव अमर क्षितिज भण्डारीले गरेका थिए । युनियन केन्द्रीय सदस्य देबेन्द्र र साधारण सदस्य भानुभक्त तथा शुभचिन्तकहरु घनश्याम र नारायण बस्नेकी ६३ वर्षीया ममतामयी आमा नौलीकुमारी बस्नेतको असोज ६ गते क्यान्सरका कारण मृत्यु भएको थियो । बस्नेतको मृत्यु भएको ९औं दिनका दिन निवासमै पुगेर युनियनले शोक सभा गरेको हो । शोक सभा एक मिनेट मौनधारण गरिएको थियो । प्रदेश कुरा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]