
Jsbus
Ddhbs
Gsbus
Ratbs
Csbus
gms
Pbu
Gsl
Rbs
Ssbus
Bksbus5
Nssbus7
dsbus
Amb

Gst
Hal
Rgu
Asm
Rgs
Pvg
Sls
Ssm
Vor
Bbbpu
nsb
Rgu
Wsp
Rsb
Bbu
Tsm
Sbs
Ksm
Ggd

Rpp
Ptm
Jmb
sab
Pls
bbt
Rmb
Gsb
Syp
Bml
Jmb
Abd
Mks
दाङ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिबार दाङको तुलसीपुरमा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो गल्ती गरेको बताउनु भएको छ ।
दाङमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभामा पूर्वमन्त्री गिरीले पार्टी भित्रको कलह मिलाउन नसकेको झोकमा प्रतिनिधि सभा नै विघटन गरेको उहाँको भनाइ छ । दुई तिहाई बहुमतको दम्भको सनकमा संवैधानिक व्यवस्था विरुद्ध यस्तो कदम चालेको उहाँले बताउनु भयो । कम्युनिष्ट शासकहरुले गरिव बिपन्न समुदायलाई माथि राखेर राजनीति गर्छौ भन्ने र सनकमै निर्णय गरेर नागरिकलाई पटक पटक दुख दिने गरेको गिरीले स्मरण गराउनु भयो । सर्वसाधारण नगारिकहरुले पनि बुझि सकेका छन्, पटक पटक सत्तामा जाने र उन्माद देखाउन यस्ता प्रवृत्तिका पार्टीलाई सहयोग नगर्ने दावी उहाँको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवम नेता एवं पूर्वराज्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक संविधान माथि धावा बोल्ने विरुद्ध नेपाली कांग्रेस कफन बाँधेर प्रतिबाद गर्ने बताउनु भयो । प्रजातन्त्रका लागि वीपीको योगदान देखि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान जारी गर्दाको प्रभावकारी भूमिका बारेमा चौधरीले चर्चा गर्नु भयो । ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संविधान र लोकतन्त्रलाई सनकका भरमा समाप्त पार्न कसैलाई पनि छुट नहुने उहाँको जोड रहेको थियो ।
लुम्बिनी प्रदेश सभासदस्य एवम् नेपाली कांग्रेसका नेता शंकर गिरीले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संविधान च्यातेर सत्ता कब्जा गरेको झल्को प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले गरेको बताउनु भयो । त्यसकारण अब कांग्रेस र लोकतन्त्र पक्षधर रक्षाकवच भएर सडकमा आउनुको बिकल्प नभएको उहाँको भनाइ छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकालको सभापतित्वमा भएको विरोध सभामा नेपाली कांग्रेस जिल्ला कमिटि सचिव टेकबहादुर वली, महासमिति सदस्य देविका नेपाली लगायतले बोल्नु भएको थियो । क्षेत्रिय कार्यालय तुलसीपुरबाट सुरु भएको विशाल बिरोध ¥यालीले प्रदर्शन गर्दै तुलसीपुरको वीपी चौकमा बिरोध सभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण सचिव चुर्णबहादुर चौधरीले गर्नु भएको थियो । त्यस्तै,पश्चिम दाङको श्रीगाँउमा पनि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ (ख) को बिरोध सभा सभापति खीमबहादुर वलीको सभापतित्व, काग्रेस केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यिमा भएको थियो । त्यसैगरी क्षेत्र नम्बर १ दाङले पनि लमहीमा विरोध र्याली प्रदर्शन गर्दै कोणशभा सम्पन्न गरेको थियो ।
