
Gfs
Sgr
Pbu
pku
Pes
Rgp
Rgp1
Lnp
Srbpu
Ggp
sbs
cjs
Unsku
Djs

Asm
Pvg
Sls
Ssm
Rgu
Wsp
Rgs
Sbs
Bbbpu
Ggd
Tsm
Gst
Rsb
Ksm
Rgu
Bbu
nsb
Hal
Vor

Pls
Mks
bbt
Rmb
Syp
Gsb
Ptm
Jmb
Bml
sab
Abd
Jmb
Rpp
काठमाडौँ । नेपाल सरकारको राहत कोषमा नेपाली कांग्रेसले पचास लाख जम्मा गर्ने निर्णय गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए ।
साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो । बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै ‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने छ । बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेको महतले बताए ।
