
Unsku
Djs
Pbu
Ggp
Rgp
Rgp1
pku
Pes
Srbpu
Gfs
Lnp
sbs
cjs
Sgr

Sls
Hal
Bbbpu
Ggd
Bbu
Rgu
Vor
nsb
Gst
Ssm
Rgu
Pvg
Ksm
Sbs
Rgs
Wsp
Tsm
Rsb
Asm

Jmb
Pls
Jmb
Bml
bbt
Ptm
Abd
Mks
Rmb
Rpp
sab
Gsb
Syp
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन असोज ३ गते दाङको भालुवाङमा सम्पन्न भएको छ।
सम्मेलनले सेवक भट्टराईको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति र ६ सदस्यीय सल्लाहकार चयन गरेको छ । समितिको उपाध्यक्ष निर्मला खनाल सचिवमा दिनेश रैदास,सहसचिव तुलसीराम भट्टराई , कोषाध्यक्ष तुलसीराम भण्डारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निराजन शर्मा,विकास बिष्ट , प्रशंसा पुन मगर,युगिन खनाल,श्रीविद्धा भण्डारी, पूर्णिमा थापा,भूपेन्द्र परियार,प्रमिला योगी,प्रकाश भण्डारी,पूर्णिमा बिष्ट,संस्कृति आचार्य,उषा पोखरेल , भुपेन्द्र सुनारी,रचना चौधरी र वैकल्पिक सदस्यमा मिना केसी तरुनम खातुन,रविन अधिकारी,प्रेमलाल चौधरी,सुशील गिरि र मिरिस्कान सुनार रहेका छन् भने सम्मेलनले विकास बिष्ट,लक्ष्मी बिक,धुर्ब बेलवासे,सुनिता आचार्य,अशोक खनाल र सरिता पुनमगरलाई सल्लाहकारमा चयन गरेको छ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल (छैठौं)का केन्द्रिय अध्यक्ष देबेन्द्र कुँवरले मैनबत्ति बालेर उद्घाटन गरेका थिए । सो अवसरमा सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रघाती, भ्रष्टचारीहरूलाई तह लगाउन सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताए । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता उनले औल्याए ।
त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अहिले संसदवादी विद्यार्थी संगठनहरू सत्ता र कुर्सी केन्द्रीत देखिन्छ भने अखिल छैठौ सधैं दलाल सत्ताविरूद्ध निरन्तर सङ्घर्षमा केन्द्रीत रहेको बताए ।
अखिल (छैंठौ) जिल्ला समिति दाङले १७औं जिल्ला सम्मेलनको अवसरमा दाङका पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । सम्मानित हुने अध्यक्षहरु गणेश आचार्य,भानु जीएम,जीवन भण्डारी,बसन्त आचार्य, धुर्व बेलवासे र सुरेश थापालाई प्रमुख अतिथि कुँवरद्वारा सम्मानपत्र सहित सम्मान गरिएको छ । यस्तै सुशील पोखरेल,धकेन्द्र डाँकी,सुबाश बन्जाडे र लक्ष्मण बिक उपस्थित नभएकोले उनिहरूलाई पनि संगठनले सम्झिएको थियो । सम्मानित अध्यक्षबाट प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष जीवन भण्डारीले सत्रौं जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य दिएका थिए ।
त्यसैगरी जिल्ला सम्मेलनलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष र अखिल छैठौंका पूर्व केन्द्रीय सचिव गणेश आचार्य,ऐरावती क्याम्पसका संस्थापक स्ववियू सभापति अशोक बेलवासे, मित्र संगठन अखिल क्रान्तिकारीका जिल्ला सहसचिव विनोद कुमार सोनी,अखिल छैठोका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रिसर्भ आचार्य,अखिल नेपाल शिक्षक सङ्घ दाङ जिल्ला अध्यक्ष रुमाल बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सम्मेलनमा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल ,अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य,अखिल नेपाल महिला संघकी दाङ जिल्ला उपाध्यक्ष कमला बेलबासे,अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल र जिल्ला सचिव लालबहादुर भण्डारी,अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य,जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य शान्ति सुनार, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे,अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्य,अखिल नेपाल किसान महासङ्घ दाङ जिल्ला उपाध्यक्ष माधव आचार्य,रक्तिम सांस्कृतिक अभियानका दाङ जिल्ला कोषाध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल उद्योग व्यापार सङ्घ जिल्ला सदस्य तथा राती उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,प्रगतिशील पत्रकार सङ्घ केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजाल लगायतको आतिथ्यता रहेको थियो।
त्यसैगरी बन्दसत्र रिसव आचार्य, धुर्वा बेलबासे र सुनिता आचार्यको अध्यक्षतामा सम्पन्न भई त्यसमा राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भयो । सम्मेलनमा विकास बिष्ट, पूर्णिमा बिष्ट, स्वर्णिम थापा, सम्पदा पोखरेल, अस्मिता थापा, निर्मला सुनार, मनिषा सुनार, मनिका परियार र दिलप्यारी घर्ती मगर लगायतले एककल तथा ग्रुप नृत्य प्रस्तुत गरेका थिए ।
अखिल छैठौको सत्रौँ जिल्ला सम्मेलन जिल्ला अध्यक्ष सरितापुनको अध्यक्षता,सहसंयोजक सेवक भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सञ्चालन जिल्ला सचिव दिनेश रैदास ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारणगरि सम्मेलन कार्यक्रम सुरु गरिएको थियो ।
