Sidha Patra शुक्रबार, आश्विन ०४, २०८१

दाङ । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर मगर चयन भएका छन् ।

प्रेस सेन्टर राप्ती  गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा छपिन्द्र बुढाथोकी, सचिव ईराधा झाँक्री मगर,सहसचिव सन्जुकुमारी चौधरी र काेषाध्यक्ष सुस्मिता परियार चयन भएका छन् ।

संगठनकाे सदस्यहरुमा कृति कार्की,बिनाेद कुमार साेनी, बीनिता गाहा मगर,दिलबहादुर सिंजाली मगर,निश्चल सारु मगर,ईशा परियार,लक्ष्मी कामी र अन्जिता चौधरी चयन भएका छन् ।

त्यस्तै सम्मेलनकाे  उद्घाटन गर्दै  राप्ती गाउँपालिका अध्यक्ष  प्रकाश विष्टले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका विष्टले प्रेस सेन्टरमा आबद्ध हुने पत्रकारले सिमान्तकृत समुदायकाे पक्षमा समाचार लेख्नु पर्ने धारणा राखे । महान सहिद कृष्णसेन ईच्छुक जस्ता ब्यक्तिकाे बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको  बताउँदै त्यसकाे रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने बताए ।

साे अवसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियाे । सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

संगठनका उपाध्यक्ष छपिन्द्र बुढाथोकीकाे  स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र  राप्ती गाउँपालिका अध्यक्ष नारायण शर्मा,प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरणशर्मा,प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष  मानसिङ विक,सचिव दिवाकर पाेखरेल,जिल्ला सचिव जनक नेपाली, सहसिचव दिपक बाेहरा,दलित मुक्तिमोर्चा दाङका सल्लाहकार रण बहादुर पुजाली,अखिल क्रान्तिकारी विद्यार्थी संगठन राप्तीका अध्यक्ष मन्दिप पाेख्रेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

भेला आयाेजक कमिटीका अध्यक्षता तुलबहादुर कँवर मगरकाे अध्यक्षतामा भएकाे  कार्यक्रमकाे संञ्चालन ईराधा झाँक्री मगरले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]