Sidha Patra शुक्रबार, आश्विन ०४, २०८१

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा माया हस्तकला उद्योगको बिहीबार उद्घाटन गरिएको छ ।

सांस्कृतिक भेषभुषाको पोशाकलाई पहिलो प्राथमिकता दिएर संचालनमा ल्याइएको उक्त उद्योगलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उप-प्रमुख लक्ष्मी योगीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।उद्योगलाई उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यसैगरी हरेक मानिसहरु विभिन्न पेशा व्यवसायीसंग जोडिएर आफ्नो स्वदेशमै व्यवसायी बन्नुपर्ने बताएका छन् । पछिल्लो समय स्वदेशमा जीवनयापन गर्नका लागि कुनै पनि सम्भावना नरहेको भन्दै हरेक युवा- युवतीहरु विदेश तिर पलायन हुने क्रमहरु चलिरहेको बेला यसरी आफ्नै स्वदेशमा व्यवसायीसंग जोडिनु पर्छ भनेर उद्योग संचालनमा ल्याउने संचालकलाई नगर प्रमुख चौधरीले हार्दिक धन्यवाद सहित सफलताको बधाई समेत दिए ।

त्यस्तै उप-प्रमुख योगीले उद्योगको सफलताको शुभकामना दिदै आगामी दिनमा नगरपालिकाद्वारा दिइने विभिन्न सीपमूलक तालिमहरुमा सहभागी भएर सीप प्राप्तगरि अझै थप व्यवसायीमा अब्बल भएर लाग्न आग्रह गरिन् ।

उक्त उद्योगमा विषेश गरेर स्वीटर,डल कुशन,झोला तथा सांस्कृतिक भेषभुषाका पोशाकहरु सुपथ मूल्यमा पाइनुका साथै सांस्कृतिक भेषभुषाका कपडाहरु क्लब र विवाह,पूजा एवं मेला महोत्सवहरुका लागि भाडामा दिइने उद्योग संचालक रुपा रोका मगरले जानकारी दिइन् ।उनले लमही नगरपालिकाले आयोजना गरेको डल र बुटिक बनाउने तालिममा सहभागी भएकि थिईन । सिकेका कुरालाई ब्यबहारमा लागु गर्न पसल उद्योग गरेकि हुन् । मेड्पा कार्यक्रम अन्तरगत उद्यमी बन्न उनी तालिममा सिकेका कुरालाई ब्यबहारमा लागू गर्दै उद्यमी बनेकि छिन् । माया ग्यालरी फेसबुक पेज पनि संचालन रहेको र त्यसमा सामानहरु पोस्ट हुने जानकारी दिइन् ।

उद्योग उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा,लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश ठेडी थापा,युवा व्यवसायीक दिल्लीराज खनाल,शिक्षिका हिमा थापा,पत्रकारहरु टेकबहादुर पुन,प्रिया स्मृती गज्मेर लगायतको सहभागीता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]