
Pes
Djs
sbs
Ggp
Unsku
pku
Srbpu
cjs
Sgr
Rgp1
Lnp
Pbu
Gfs
Rgp

Hal
Rgu
Pvg
Asm
Sbs
Rsb
Gst
Ssm
Sls
Ggd
Vor
Wsp
Ksm
nsb
Tsm
Bbu
Rgs
Rgu
Bbbpu

Rmb
Abd
bbt
Syp
Gsb
Jmb
Pls
Ptm
Mks
Jmb
sab
Bml
Rpp
दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नगर समितिका सभापती सन्तोष बुढाथोकीले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा स्थानीयलाई पर्ने मर्का, समस्या, आर्थिक तथा भौतिक क्षतीको बारेमा सरकारले सम्वोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
‘सडक फराकिलो बनाउदै गर्दा मानवीय, सामाजिक अप्ठ्यारोलाई समेत मध्यनजर गर्नुपर्ने, जीवनको अमुल्य समय खर्चेर पसिना बनाई आफ्नो हक अधिकारको जग्गामा बनाइएका आफु बस्ने भौतिक संरचनाहरु विकासका सन्दर्भमा भत्काउनुपर्ने हो भने त्यसको उचित क्षतिपुर्ती पाउनुपर्ने सम्वनिधतको चाहना मात्र नभई अधिकार र आवश्यकता पनि हो’विज्ञप्तिमा भनिएको छ ।
चाडपर्वहरु नजिक आएकाले सडक विस्तार गर्ने कामलाई पनि पछी सार्न आग्रह गरिएको छ ।‘लामो समयदेखि प्रभावित उद्योग तथा व्यापार चाडपर्वको मुखैमा थप प्रभावित हुने अवस्था आउन नदिनका लागि प्रकाशित सूचनामा थप न्यूनतम दसैं तिहारपछी मात्र प्रक्रिया अगाडी बढाउन माग गर्दछौं ।’सडक विस्तार गर्ने क्रममा पूर्ण भूमिहिन हुने अवस्था आउने व्यक्तिहरुको समेत पहिचान गरेर उचित निर्णय लिन आग्रह गरिएको छ ।
यस्तै सडक विस्तार समयको माग तथा आवश्यकता भएको तर, यो काम गर्दै गर्दा नागरिकलाई पर्ने मर्कालाई पनि यथोचित सम्वोधन गर्न आग्रह गरिएको छ । विकासको महत्वपूर्ण पूर्वाधार सडक भएकाले मापदण्ड अनुसार सडक फराकिलो गरी सुन्दर बनाउने सडक डिभिजन कार्यालयको ढिलोगरी सुरु भएको प्रयासलाइ स्वागत गरिएको छ ।
