ओमप्रकाश गुप्ता शुक्रबार, आश्विन ०४, २०८१

दाङ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले सिसहनियाँ उद्योग वाणिज्य संघकाे सहयाेगमा बिहिवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँ बजारमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गाेविन्द कुवर क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताएका थिए ।

जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने त्यसको कुनै औचित्य नरहेको बताएका थिए । भने संविधान पूर्णरुपमा कार्यान्वयन गराउन सञ्चारजगतको पनि भुमिका महत्वपुर्ण रहने बताएका थिए । सो अवसरमा राप्ती गाउँपालिका प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य विदुर एमसी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे,सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका साधारण सदस्यहरु माेतीराम भट्टराई, मुक्तिराम पाैडेल, निसा चाैधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]