
Ssb
Ssb
Ksb
Fmb
Nsb
jsb
Tgp
Csb
Rsb
Bsn
Ksb
Ppu
Rks
Usb
Ksb
Gsb

Tsb
Hl1
Gsb
Usb
Ssb

ptl
Rgu
Nps
नुवाकोट । नेपाल मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरकाे २० औं स्मृति दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका उपाध्यक्ष रामकुमार थापा मगरकाे सभाध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा जिल्ला नुवाकाेट र धादिङका इञ्चार्ज साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकाेट (नेफिन नुवाकाेट) का अध्यक्ष एवं नेफिन बागमती प्रदेश समितिका सचिवालय सदस्य र गैरसरकारी संस्था नेपाल जिल्ला शाखा नुवाकाेटका पूर्ब सहसचिब र निमित सचिब तथा कार्यक्रम संयाेजक साथै लक्षित बर्ग तथा सराेकार जिल्ला संजालका पूर्ब संयाेजक भगवान राना मगरकाे प्रमुख आतितथ्यमा सम्पन्न भएकाे हो ।
कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश समितिका प्रथम सचिब तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका पूर्ब अध्यक्ष रामकृष्ण थापा मगरकाे बिशेष आतिथ्य, नेपाल मगर संघ बागमती प्रदेश समितिका सदस्य तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका भू.पू.अध्यक्ष शुभाकर थापा मगरकाे आतिथ्यता रहेकाे थियाे । उक्त स्मृति दिवस कार्यक्रमकाे संचालन नेपाल मगर संघ जिल्ला, नुवाकाेटका सचिब भरत बहादुर थापा मगर र स्वागत मनतब्य नेपाल मगर संघ,जिल्ला नुवाकाेटका सचिवालय सदस्य तथा मगर बचत तथा कर्जा लगानी काेष, नुवाकाेटका अध्यक्ष बिश्वराज जर्गा थापा मगरले गरेका थिए ।
कार्यक्रमा बाेल्दै प्रमुख अतिथि भगवान राना मगरले जात र जातिकाे इतिहास साथै आदिवासी जनजातिकाे मानव अधिकार,नेपाल मगर संघकाे ऐतिहासिक संगठन साथै हेमबहादुर पुन मगरकाे याेगदानकाे विषय एबं नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका संस्थापक र पूर्ब जिल्ला समितिका पदाधिकारीकाे विषयमा, केन्द्रीय सर्कुलर विषयमा पनि जानकारी गराएका थिए । कार्यक्रमकाे विशेष आतिथ्यमा बाेल्दै रामकृष्ण थापा मगरले बागमती प्रदेश समितिकाे गतिविधि र परिपत्रकाे जानकारी साथै हेमबहादुर पुनकाे सम्झनामा हामी सबैले पनि आफ्नाे क्षेत्रमा संस्थागत विधान, नियम, अनुसार सक्रिय हुनु पर्ने भनाई राखेका थिए ।
